मनसुन क्रमशः क्षीण हुँदै

सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । 

जनमतले पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई सङ्घतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । 

केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुङ्गो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चार जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन् ।

धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । 

दुई जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ ।

केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुङ्गो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सात जनाको नाम टुङ्गो लगाएको हो । 

मधेसी महिलाबाट वविता राउत, अल्पसङ्ख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग (खत्वे), मधेसी महिलामा अनिता कुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुङ्गो लगाएको छ । 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ३८ बजे