सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्डसको दाउ

काठमाडौँ । कतार फिफा विश्वकप फुटबल २०२२अन्तर्गत आजबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । 

खेल नेपाली समय अनुसार राति पौने १ बजे लुसेल आइकोनिक रङ्गशालामा हुनेछ । 

दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुट आउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो । 

सोही हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ ।  भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । 

यता मेसी भने पाँचौँ पटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकप समेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेसी माथि हुन्छ नै । 

मेसीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डि पाउल जस्ता खेलाडीको साथ हुनेछ । 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५८ बजे