काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद बारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।
निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरूलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो ।
एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।
बैठक शुक्रवार दिउँसो १ः०ः बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्द सूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधवार बेलुका पत्र पठाएको हो ।
आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।
प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार ११ : ५७ बजे
प्रतिक्रिया