दलित गाउँका पहिलो शिक्षक

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सुर्खेत ।  श्रीमतीको हत्या गरेको आरोपमा  श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका वडा नम्बर ३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : २० बजे