आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद सचिवालयको पत्रपछि सर्वोच्चमा खैलाबैला,आकस्मिक बैठक बोलाइयो

झण्डै साढे ८ महिनादेखि निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च फर्काउन संसद सचिवालयले अकास्मात बाटो खोलिदिएपछि सर्वोच्च अदालतमा खैलाबैला मच्चिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार बिहान चोलेन्द्रविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्यायपरिषद् र प्रधानन्यायाधीशलाई पत्र पठाएपछि न्याय क्षेत्र तरंगित बनेको हो । 

पत्र प्राप्त भएपछि चोलेन्द्र आजै सर्वोच्च जाने तयारीमा छन् । उनले सर्वोच्चका कर्मचारीहरुलाई आफू २ बजे उपस्थित हुने जानकारी गराउँदै व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ । 

सर्वोच्चमा उनी हाजिर हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पत्र सार्वजनिक भएसँगै अदालत परिसरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको हो । 

 प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ । अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिनुभयो । नेपाल बारले संसद सचिवालयले पठाएको पत्र असंवैधानिक रहेको भन्दै आकस्मिक बैठक बोलाएको हाे । 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : १७ बजे