सुनको मूल्यमा नयाँ कीर्तिमान

झापामा पहिलो पटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने

झापा ।  झापामा पहिलो पटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । 

अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तीकरण गर्ने उद्देश्यले झापामा पहिलो पटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुन लागेको हो । 

नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा मङ्सिर २३ र २४ गते बिर्तामोडमा सो सम्मेलन हुन लागेको र सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षिकाको सहभागिता रहने नेल्टाका अध्यक्ष धमेन्द्र भट्टराईले जानकारी दिनुभयो । 

सम्मेलनमा नेल्टाकी अध्यक्ष  मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ वैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एञ्जिला विष्टलगायतको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

जिल्लाका सामुदायिक, नीति तथा अङ्ग्रेजी विषय पढाइरहेका महिला शिक्षकको उक्त सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ५३ बजे