प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार  

काठमाडौँ । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएसँगै  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ । 

निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा खर्च विवरण पेस गर्नुभएको हो । 

उहाँले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको सहसचिव महरले जानकारी दिनुभयो । 

प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ४१ बजे