सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । 

त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लोस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए । 

अब  मोरक्को अन्तिम आठमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २२ बजे