दलित गाउँका पहिलो शिक्षक

अवैध लागूऔषध सहित ४ जना पक्राउ

कैलाली । ​​​​​​​कैलालीमा अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् ।

कैलारी गाउँपालिका-७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ०६ बजे