प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

काठमाडौ।  प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ । 

 १७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १२ : ०५ बजे