खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । 

नेकपा (माओवादी केन्द्र)को महासचिव देवप्रसाद गुरुङले आज दिउँसो ३ बजेका लागि  सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । 

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ ।  अब दोलखा जिल्लको मात्र नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । 

 

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ४९ बजे