खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

दोलखा प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित

दोलखा । दोलखाको प्रदेशसभा–२ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर समेत रहनुभएका केसीले नेपाली काँग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

केसीले १९ हजार ४१४ मत ल्याइ विजयी हुनुभएको छ भने काँग्रेसका लामाले १७ हजार ५९५ मत ल्याउनुभएको छ । १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गर्नुभएको हो ।

मङ्सिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भए पनि दोलखाको केही मतदान केन्द्रमा सत्ता गठबन्धनले बुथ कब्जा गरेपछि निर्वाचन आयोगले मङ्सिर १५ गते केही मतदान केन्द्रमा पुनः मतदान गराएको थियो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ०७ बजे