आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित

काठमाडौँ । काठमाडौँको मित्र पार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमा खाल्डो खनिएकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । 

सडकको एक लेन खाल्डोले ढाकेका कारण सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । 

यस्तै लाजिम्पाटस्थित साङ्ग्रिला होटेलबाट रानीबारीतर्फ जाने मोडमा पनि खानेपानीको पाइप लाइनका लागि खाल्डो खनिएको छ । 

उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । 

हाल विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सामान्य तवरले चलिरहेका पनि ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ११ : ४८ बजे