खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

स्याङ्जा–२ मा काँग्रेसका गुरुङ निर्वाचित

वालिङ । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी हुनुभएको छ ।

प्रतिनिधिसभातर्फ काँग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

उहाँले ३१ हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । उहाँकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभएको छ । 

यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ (२) मा नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई विजयी हुनुभएको छ । 

भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गर्नुभएको छ । उहाँले एक हजार सात सय ८६ मतान्तर विजयी हुनुभएको छ । 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ४४ बजे