खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

दोलखा निर्वाचन अपडेट : प्रतिनिधिसभामा एमालेको अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) ले अग्रता लिएको छ  । 

हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । 

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । 

प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा  नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले  ११ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर  अग्रता लिनुभएको छ भने काँग्रेसका बर्मा लामाले १२  हजार ५८ मतका साथ पछ्याइरहनुभएको छ । 

जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले नौ हजार तीन सय ३७३, काँग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार दुई सय ४७ मत पाएका छन् । दोलखामा कुल  ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

जिल्लामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३२ बजे