सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : नेदरल्यान्ड्स क्वाटर फाइनलमा

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शनिवारदेखि सुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एक /एक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । 

खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २–० को अग्रता लियो । 

खेलको ७६औँ मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औँ मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे । 

जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : १५ बजे