खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

स्याङ्जा–२ सङ्घ र प्रदेश दुवैमा काँग्रेसको अग्रता

वालिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली काँग्रेसको अग्रता रहेको छ । 

प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ  नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि हुनुहुन्छ । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याउनुभएको छ । 

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मतगणना सकिएको छ ।

अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा काँग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिनुभएको छ । गणना सुरु भएदेखि नै पछाडि पर्नुभएका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिनुभएको हो । 

गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि हुनुहुन्छ ।

भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याउनुभएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ५० बजे