‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहा ।​​​​​​​ सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाँउपालिका-३ बजारदेखि ७००  मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो। 

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उहाँले गाउँले र प्रहरीलाई खबर गर्नुभएकाे थियाे। खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएका प्रहरीले जनाएको छ ।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम ताैल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए। शिशुलाई जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको बताइएको छ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चाको आमाले राख्न नसक्ने  भएकाले पनि फालेका हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता  डिएसपी शुभाष बुढाथोकीले बताउनुभयाे । 

नवजात शिशु कसकाे र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयाे । 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ३७ बजे