खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भयौ : बालकृष्ण शिवाकोटी

दोलखा । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । 

आज वैतेश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले पुनः निर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।

“हामीले दोलखाका आठ/दस ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौ, तर त्यसमध्ये चार ठाउँमा पुन निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका छौँ, यो दोलखाली जनताको लागि खुसीको कुरा हो”, उम्मेदवार शिवाकोटीले भन्नुभयो । 

मतदान केन्द्रको अवलोकनको क्रममा उम्मेदवार शिवाकोटीलाई पुनः मतदानको वातावरण बनाएकोमा मतदाताले धन्यवाद समेत दिएका थिए । सो अवसरमा उम्मेदवार शिवाकोटी यो आफ्नो व्यक्तिगतभन्दा जनताको जीत भएको बताउनुभयो । 

हर्षोल्लासका साथ दोलखामा पुनः मतदान हुनु खुसीको कुरा भएको बताउनुहुँदै शिवाकोटीले जनताले सहज ढङ्गले मतदान गर्न नपाएकै कारण आफूले सङ्घर्ष गरेको स्पष्ट पार्नभयो । 

“मङ्सिर ४ गतेको निर्वाचनमा यहाँ कसैलाई मत हाल्ने अवस्था थिएन । तर अहिले सबैले निर्धक्कका साथ मतदान गरिरहनुभएको छ, यो खालको वातावरण हुन सबैको लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो ।  

लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताउँदै उम्मेदवार शिवाकोटीले जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्ने बताउनुभयो ।

लोकतन्त्रको जीत हार स्वाभाविक प्रक्रिया भएको तर जनताको मत लुटेर जसरी पनि निर्वाचन जित्न खोज्नु अलोकतान्त्रिक कार्य भएको बताउनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ०९ बजे