खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिकमा काङ्ग्रेसभन्दा एमाले सवा लाखभन्दा बढी मतले अगाडि

​​​​​​​काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ ।

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ १ करोड २ लाख ४३ हजार १४१ मत गणना हुँदा एमालेले २७ लाख ३० हजार ३२३ मत प्राप्त गरेर अग्रता लिएको छ । 

दोस्रोमा रहेका काँग्रेसले २६ लाख ९५१ मत पाउँदा तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५४ हजार ९७७मत पाएको छ । 

पहिलो पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले  ११ लाख ७ हजार ३९ मत पाएको छ । राप्रपाले पाँच लाख ८१ हजार २२ मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।  

यसैगरी जसपाले चार लाख १६ हजार १७७, जनमत पार्टीले तीन लाख ८६ हजार ८५, एकीकृत समाजवादीले दुई लाख ९२ हजार ५९८मत पाएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : ३० बजे