खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

चुनावमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता दियो : महासचिव पोखरेल

​​​​​​​काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता दिएको बताउनुभएको छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको बताउनुभएको हो  ।

एमालेले स्याङ्जा र बाजुरामा धाँधली भएको भन्दै पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको थियो । तर आयोगले पुन मतदान अस्वीकार गर्दै ती क्षेत्रमा मतगणना सुरु गर्न निर्देशन दिएको छ । सोहीअनुसार स्याङ्जामा मतगणना सुरु भइसकेको छ । बाजुरामा भने अझै मतदान सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ९ : २४ बजे