आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतगणना सुरु गर्न  बाजुरामा सर्वदलीय बैठक बस्दै

बाजुरा । बाजुरा निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ।आयोगको निर्णय तत्काल कार्यान्वयन हुने गरी मतगणना गर्ने निर्णय सहितको निर्देशनको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा पुगेको छ।

  मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगको निर्देशन आएपछि अहिले साढे ४बजे सर्वदलीय बैठक बोलाइएको जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनु भयो।

उहाँका अनुसार निर्वाचन आयोगले मतगणना गराउन पठाएको पत्र बमोजिम मतगणना कुन समयमा कसरी गर्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ।

बैठकको निर्णय बमोजिम नै मतगणना प्रक्रिया अगाडि बढाइने छ।निर्वाचन आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।नेकपा एमालेले स्याङ्जा २र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : ०८ बजे