खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिकतर्फको १ करोड १२ हजार मतगणना हुँदा कुन दलको कति मत ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन आयोगका अनुसार १करोड १२ हजार ४७ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा–२, दोलखा र सुनसरी–३ को १ लाख मतगणना बाँकी छ । 

अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्ने निश्चित छ । एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ भने काँग्रेस २५ लाख ५५ हजार १५९ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४१ हजार २७३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९७ हजार ५८९ मतसहित पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ३०४ मतसहित पाँचौँ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ५९९ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३८५ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार १८९ छ । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ३० बजे