भैरहवा । भैरहवामा अत्याधुनिक उपकरण सहितको प्याथोलोजी सेवा सुरु भएको छ ।
१७ वर्षदेखि प्रयोगशाला क्षेत्रमा अनुभव प्राप्त प्राविधिकसहित तीन जना युवाको लगानीमा रुपन्देही क्षेत्रकै उत्कृष्ट श्रेणीको ल्याब स्थापना भई भैरहवाको बैक रोडमा सञ्चालनमा आएको हो ।
करिब २ करोडको लगानीमा बिरामीलाई एकै छानामुनि ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरू ए वान हेल्थ नेपालबाट दिने गरी सेवा सुरु गरिएको सञ्चालक डा.आदर्शकुमार झुनझुनवालाले बताउनुभयो ।
विश्वको चर्चित उपकरणहरू युएसएफडीएबाट मान्यता प्राप्त उपकरणबाट विभिन्न प्रकारका स्वास्थ्य जाँच पारदर्शिता कायम गरी बिरामीले आफै हेर्न सक्ने गरी व्यवस्था मिलाइएको सिइओ समेत रहनुभएका झुनझुनवालाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा अनुभव सँगालेका चिकित्सकसहितका दर्जनभन्दा बढी प्रविधिहरूको सहकार्यमा विश्वकै उत्कृष्ट उपकरणहरूबाट प्रयोगशालामा विशेषज्ञ सहितको परामर्श सेवा दिने गरी व्यवस्था मिलाइएको सञ्चालक टङ्क प्रसाद आचार्यले बताउनुभयो ।
डिजिटल माध्यम भाइवर, वाट्सअप र मेल सेवाबाट रिपोट दिने गरी सामान्यदेखि विशिष्टीकृत प्रकारको जाँच एवान हेल्थ नेपालले बजार मूल्य वा सोभन्दा कममै दिनेमा प्रतिबद्धता जनाएको छ ।
नियमित चेकजाँच गराउनेलाई विशेष छुटका साथ अन्य जाँचमा पनि अहिले उद्घाटनको अवसरमा विशेष छुटका साथ सेवा सुरु गरेको सञ्चालक नारायण गौतमले बताउनुभयो ।
प्रयोगशालामा क्यान्सरको वायोप्सी, वीर्यको सम्पूर्ण परीक्षण, हर्मोन, सबै खालको ट्युमर, प्रोस्टेड, गर्भवती महिलामा बच्चाको धड्कन, तीन महिना अघि पछिको मधुमेहको विश्लेषणजस्ता विशिष्टीकृत स्वास्थ्य परीक्षण हुन्छ ।
प्रयोगशालामा राखिएका सम्पूर्ण उपकरण अमेरिका, जर्मनी लगायतका विश्व बजारमा अब्बल मानिने अन्तर्राष्ट्रिय मापदण्डका रहेको कम्पनीको दाबी छ ।
प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १० : ४१ बजे
प्रतिक्रिया