खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बालकृष्ण शिवाकोटी : जसले दोलखामा राजनीतिक संस्कारको थालनी गरे

काठमाडौँ । हरेक निष्ठावान् राजनीतिक दल र नेताहरूले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्नुपर्दछ । लोकतन्त्रमा बुथ कब्जा गर्ने, मतदातालाई आतङ्कित बनाउने र धम्काउने जस्ता कार्य निन्दनीय छन् । यस्ता हर्कत लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुन् । 

जनतामा रहेको सार्वभौमिक अधिकारको प्रयोगलाई कुण्ठित गर्ने छुट कसैलाई छैन । चुनावमा जसरी पनि जित्नुपर्छ भन्ने नाममा राजनीतिमा थुप्रिएको फोहोर बढ्दै गएमा कुनै दिन राजनीतिक मैदान खाली नरहला भन्न सकिन्न । राजनीतिको हालको विकृतिलाई रोकेर शुद्धीकरणको अभियान नथाल्ने हो भने हामीले बनाएको लोकतान्त्रिक पद्धति नै धरापमा पर्ने छ । 

राजनीतिक पार्टीहरूका लागि त चुनाव बारम्बार आउँछ, जान्छ तर राजनीतिको मुल मर्मलाई नै परित्याग गरी, विचार, सिद्धान्त, आदर्शमाथि कुल्चेर राजनीतिलाई झन् फोहोर बनाउँदै जाने हो भने विद्रोह निम्ता दिनुको सिवाय केही हुदैन् । तिर्खा लाग्दा शुद्ध पानी नखाई पानी नै हो भनेर फोहोर पानी पिउने हो भने एक छिनको तिर्खा मेटिएला वा नमेटिएला तर शरीरमा रोग लाग्ने कुरा निश्चित छ।

दोलखामा लामो समयदेखि मताधिकारबाट वञ्चित हुँदै आउनुभएका तमाम मतदाताहरूले आफैले आफ्नो मत हाल्न सक्ने वातावरण निर्माण भएको छ ।

दोलखाली जनताको लागि यो सबैभन्दा ठुलो उपलब्धि र खुसीको कुरा हो । यसका लागि नेकपा एमालेका उम्मेदवार समेत रहनुभएको बालकृष्ण शिवाकोटी धन्यवादको पात्र हुनुहुन्छ जसले वर्षौँदेखि मत हाल्नबाट वञ्चित मतदातालाई मताधिकारको सुनिश्चितता गराइदिनु भयो र आगामी दिनमा बुथ कब्जा नहुने र कसैले गर्न नसक्ने गरी पहलकदमी लिनुभयो । 

उम्मेदवार शिवाकोटीले अन्य पार्टीले बुथ कब्जा गरिरहँदा उहाँले आफूले पनि त्यस्तो कार्य गर्न सक्नुहुन्थ्यो तर बुथ कब्जा गर्ने जस्ता कार्यमा उहाँ सहभागिता हुनुभएन । बरु उल्टै बुथ कब्जालाई दोलखाबाट सदाका लागि अन्त्य गर्न सम्बन्धित निकायमार्फत कानुनी लडाई लड्नुभयो । अन्तोत्वगत्वा शिवाकोटीले कानुनी लडाई जित्नुभयो र दोलखाली जनताले आफ्नो मतको सदुपयोग गर्न पाए ।

मङ्सिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा भएका आंशिक मतदान केन्द्रमा भए पनि पुनः निर्वाचन गर्ने ऐतिहासिक र साहसिक निर्णय लिने सबै जना धन्यवादको पात्र हुनुहुन्छ । साथै यही मङ्सिर १५ गते हुने पुनः निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहनेछ । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ०२ बजे