आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौँ । बाजुरा र स्याङ्जा-२ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ ।

यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप काँग्रेस र एमालेले एक अर्कालाई लगाइरहेका बेला आयोग अनिर्णीत नै छ ।

काँग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ ।

आयोगको बैठक मङ्गलवार पनि बसेको थियो, तर कुनै निर्णय गर्न सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी परामर्श लिएर आज निर्णय हुनसक्ने बताउनुभयो ।

स्याङ्जा-२ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाट मतदान भएको दाबी गरिएको छ भने बाजुरामाको त्रिवेणी–७ को मतदान स्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । 

काँग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्यु भएको थियो । यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ ।

आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ ।

 

 

 

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ०५ बजे