‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

घाँटी रेटेर पुरुषको हत्या

सप्तरी – सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ५० बजे