सुनको मूल्यमा नयाँ कीर्तिमान

ब्राजिल नकआउट चरणमा

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । 

स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न सफल भएको हो । कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए । यस अघि खेलको ६५औं मिनेटमा भिनिसियस जुनियरको गोल अफसाइड भएको थियो । 

लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ । पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो ।

दुई खेलमा तीन अंक सहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए । 

समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ३९ बजे