धनुषा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ ।
मतगणना जारी रहँदा नेपाली काँग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो ।
मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ ।
उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ९ : ४२ बजे
प्रतिक्रिया