खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समानुपातिकतर्फ एमालेले कटायो २५ लाखभन्दा बढी मत 

​​​​​​​काठमाडौँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले २५ लाखभन्दा बढी मत कटाएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको आज बिहान ९ः०० बजेसम्मको मत परिणाम अनुसार एमालेले २५ लाख २५ हजार ९९ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले २३ लाख ९२  हजार २४२ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८मत पाउँदा नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६३९ मत पाउँदा जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४६८ मत पाएको छ । जनमत पार्टीले २ लाख ५६ हजार ४६, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २९२ मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९४२ मत, लोकतान्त्रिक समाजवादी पार्टी १ लाख २६ हजार ९४२ मत पाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : १८ बजे