खुर्काेटमा बेलिबृज जडान सुरु

महोत्तरी–१ बाट प्रतिनिधिसभामा एमालेका महतो निर्वाचित

महोत्तरी । महोत्तरी–१ बाट प्रतिनिधिसभामा  नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ । 

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले  उछिन्दै विजयी हुनुभएको हो ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

थापाका निकटतम प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । 

यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ५१ बजे