सुनको मूल्यमा नयाँ कीर्तिमान

फिफा विश्वकप: मेक्सिकोलाई २–० गोल अन्तरले पराजित​​​​​​​ अर्जेन्टिना विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । 

अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 

आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४० बजे