खुर्काेटमा बेलिबृज जडान सुरु

विभिन्न अनलाइनहरुलाई माओवादी केन्द्रको धम्की !

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले अनलाइन सञ्चारमाध्यमहरुलाई कारबाही गर्ने धम्की दिएको छ । दोलखा र काठमाडौंबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमले आफ्नाविरुद्ध आधारहीन समाचार लेखेको आरोप लगाउँदै माओवादी केन्द्रले कारबाहीको धम्की दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्रले साझावोली, दैनिक नेपाल, दर्पण सञ्चार, कान्तिपथलगायत अनलाइन र त्यसका सम्पादकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको बताएको छ । लगातार लामो समयदेखि एकोहोरो माओवादीविरुद्ध मात्रै समाचारको नाममा जथाभावी आधारहीन कुराहरू लेखेर जनतालाई भ्रमित पारेको दाबी माओवादी केन्द्र दोलखाको छ । माओवादी केन्द्रले अनलाइन सञ्चारमाध्यमको नामै किटेर कारबाहीको धम्की दिए पनि मााओवादीजिरुद्ध कुन–कुन समाचार आधारहीन थिए भन्ने विषय प्रष्ट पारेको छैन ।

चित्त नबुझेको समाचारको विषयमा आमसञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । तर, माओवादी केन्द्रले भने अनलाइन र त्यसमा आवद्ध सञ्चारकर्मीलाई सामाजिक सञ्जालमा स्टाटस लेखेर धम्की दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : ३० बजे