खुर्काेटमा बेलिबृज जडान सुरु

कुशवाहाको अग्रता उल्टाउँदै बारा–२ मा यादव निर्वाचित

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित हुनुभएको छ । 

यादव ३५४ मतान्तरले निर्वाचित हुनुभएको हो। यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभयो ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि २०७४ को निर्वाचनमा पनि यादव सङ्घीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित हुनुभएको थियो।  पूर्व वन मन्त्री रहनुभएको यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउँदै जित हात पार्नुभएको हो।

यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा एकीकृत समाजवादी विजयी भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ३२ बजे