आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाजुराको बुढिनन्दा-५ मा मतदान सुरु 

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ५ स्थित नन्देश्वरी मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ।

मङ्सिर ४ गते गठबन्धन र एमाले कार्यकर्ता बिच झडप भई  बारम्बार धादली भएपछि निर्वाचन आयोगले मङ्सिर १० गते आज निर्वाचन गर्न मिति तोकेको थियो।

नन्देश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा आज बिहान ७ः००बजे सुरु भएको मतदान प्रक्रिया बेलुका ५ः००बजे सम्म सञ्चालन  हुने भएको छ । 

निर्वाचन आयोगले तोकेको मिति अनुसार आज बुढिनन्दा ५ मा चुनाव भएको र मतदान भयरहित वातावरणमा भइरहेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिले बताउनुभयो। 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ३५ बजे