खुर्काेटमा बेलिबृज जडान सुरु

चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे विजयी

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । 

शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी हुनुभएको हो । 

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।

यस्तै, चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी हुनुभएको छ । उहाँ १५ हजार चार सय ६१ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ । 

नेकपा (एमाले) की सरस्वती विष्टले १० हजार एक सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।  

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५८ बजे