खुर्काेटमा बेलिबृज जडान सुरु

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडौँ।​​​​​​​ प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले आज बिहान ७ः३३ बजेसम्म अद्यावधिक गरेको मत परिणाम अनुसार एमालेले १७ लाख ३७ हजार१३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले १६ लाख ७३ हजार ४सय ९१ मत प्राप्त गरेको छ । 

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५८ हजार ६ सय १७ मत प्राप्त गरेको छ भने नेकपा(माओवादी केन्द्र)ले अहिलेसम्म सात लाख ३७ हजार ३सय ४ मत प्राप्त गरेको छ । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८८ हजार ७ सय ८५, जनता समाजवादी पार्टी(जसपा)ले दुई लाख ७२ हजार ७५, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ५२ हजार ५ सय ३९ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् । 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४१ बजे