खुर्काेटमा बेलिबृज जडान सुरु

समानुपातिकतर्फको मतगणना जारी : एमाले १० लाखभन्दा बढी मतसहित शीर्षस्थानमा

​​​​​​​काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले हालसम्म १० लाख ४८ हजार १ सय ५७ मत पाएको छ । 

त्यस्तै, नेपाली काँग्रेसले १० लाख ३ हजार २ सय ९७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार५३ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै, चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ६३ हजार ६ सय ८१ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६५ हजार ५ सय ३७ मत पाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ३५ बजे