खुर्काेटमा बेलिबृज जडान सुरु

सुर्खेत–१ मा काँग्रेस उपसभापति खड्का विजयी

कर्णाली । सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ ।

खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँले नेकपा (एमाले)का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभएको हो । 

खड्काका निकटतम प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको छ । 

विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ३३ बजे