प्रतिनिधिसभामा बारा–३ बाट एमालेका ज्वालाकुमारी साह र बारा–१ बाट अच्युत मैनाली निर्वाचित 

कलैया।  बारा क्षेत्र नं ३ बाट नेकपा एमालेका ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले  १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

बारा–१ बाट एमालेका मैनाली निर्वाचित 
​​​​​​​बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमाकान्त चौधरीले  ३० हजार ५६ मत ल्याउनुभएको थियो । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याउनुभएको हो । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २८ बजे