दाङ क्षेत्र नं १ मा एकीकृत समाजवादीका चौधरी विजयी

दाङ ।  दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा ९१०मा नेकपा ९माओवादी केन्द्र०का इन्द्रजित थारू निर्वाचित हुनुभएको छ । 

उहाँले एक हजार सात सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्नुभयो भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत प्राप्त गर्नुभएको छ ।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री हुनुहुन्छ । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । सो क्षेत्रमा  ४० हजार एक सय छ मत खसेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५४ बजे