प्रतिनिधिसभामा अर्घाखाँचीबाट एमालेका सचिव रायमाझी निर्वाचित

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

राति अबेर सम्पन्न मतगणनामा नेपाली काङ्ग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित हुनुभएको हो ।

रायमाझी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गर्नुभयो।

एमालेका केन्द्रीय सचिव समेत रहनुभएकामा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो।

प्रतिनिधिसभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : १९ बजे