प्युठानबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सूर्य थापा निर्वाचित

बुटवल । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । 

थापा सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाउनुभयो। 

थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुनुहुन्छ भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुनुहुन्छ । यो क्षेत्रमा २०७४ मा पौडेलले जित्नुभएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ३४ बजे