आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुगुमा मतगणना सुरु

मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०५ बजे