नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । 

क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याउनुभएको छ । 

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा काँग्रेस विजयी भएको थियो । 

त्यसैगरी, (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाउनुभएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ५२ बजे