बाँके–३ (१) मा एमालेका रत्न खत्री विजयी

नेपालगञ्ज । बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ ।

उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ । 

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४७ बजे