काठमाडौँ–९ (१) मा एमालेका हरिकृष्ण डङ्गोल विजयी

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार  उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो । 

उहाँले प्रतिस्पर्धी नेपाली काँग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो । काँग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४६ बजे