प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अग्रस्थानमा, कुन दलले कति मत पाए?

काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले)अग्रस्थानमा देखिएको छ ।

निर्वाचन आयोगको मङ्गलवार राति साढे ११ बजेसम्मको मत परिणाम विवरणअनुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले एक लाख ३८ हजार चार सय ४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७० हजार सात सय ९५ रहेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)को ६६ हजार नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार तीन सय ३५ र जनमत पार्टीको १२ हजार छ सय २६ रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार एक सय ३८, नेपाल मजदुर किसान पार्टीको आठ हजार छ सय २१, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको सात हजार आठ सय ३० र अन्यको ३२ हजार तीन सय १९ मत रहेको छ । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : २० बजे