काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।

बुधवार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । 

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।  

काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०८ बजे