आजको पात्रो

आज वि.सं २०७९ मंसिर ७ गते बुधबार, 
ई.सं.२०२२ नोभेम्बर २३ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष कृष्णपक्ष औँशी
विशाखा – नक्षत्र
शोभन – योग, 
चतुष्पद – करण 
आनन्दादि योगमा धाता योग
आज चन्द्रमा तुला राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज दर्शश्राद्ध, हलो निशि बार्ने । 
काठमाडौंमा सूर्योदय बिहान ६ः३२ बजे अनि  सूर्यास्त साँझ ५ः०७ मा हुनेछ ।
 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०२ बजे